Schedule 5
(ख) (नियम ७ को उपनियम (२) संग सम्बन्धित)

अनुसूची – ५ (ख)
(नियम ७ को उपनियम (२) संग सम्बन्धित)
इजाजतपत्र तथा अनुमतिपत्र दिंदा लाग्ने दस्तुर

१. स्याटेलाइट वा केबुल सम्बन्धी सञ्चार माध्यमद्वारा कार्यक्रम प्रसारण गर्नको लागि

(क) काठमाण्डौं उपत्यकाभर कार्यक्रम प्रसारण गर्नको लागि रु. ५,००,०००।–
(ख) महानगरपालिका क्षेत्रभर कार्यक्रम प्रसारण गर्नको लागि रु. १,००,०००।–
(ग) उपमहानगरपालिका क्षेत्रभर कार्यक्रम प्रसारण गर्नको लागि रु. ५०,०००।–
(घ) नगरपालिकाभर कार्यक्रम प्रसारण गर्नका लागि रु. २५,०००।–
(ङ) महानगरपालिकासँग सिमाना जोडिएका प्रत्येक गाउँ विकास समितिमा कार्यक्रम प्रसारण गर्नको लागि रु. १५,०००।–
(च) उपमहानगरपालिकासँग सिमाना जोडिएका प्रत्येक गाउँ विकास समितिमा कार्यक्रम प्रसारण गर्नको लागि रु. १०,०००।–
(छ) दुर्गम र अति विकट गाउँ विकास समितिका लागि रु. १,०००।–
(ज) खण्ड (ङ), (च) र (छ) बाहेकका अन्य प्रत्येक गाउँ विकास समितिमा कार्यक्रम प्रसारण गर्नको लागि रु. ५,०००।–

द्रष्टव्यः–

दुर्गम र अति विकट गाउँ विकास समिति भन्नाले ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, सोलुखुम्बु, ओखलढुङ्गा, खोटाङ्ग, रामेछाप, दोलखा, रसुवा, धादिङ्ग, गोरखा, सिन्धुपाल्चोक, संखुवासभा, मनाङ्ग, मुस्ताङ्ग, रुकुम, रोल्पा, डोल्पा, जुम्ला, कालिकोट, मुगु, हुम्ला, जाजरकोट, बाजुरा, बझाङ, अछाम, दार्चुलाका सदरमुकाममा पर्ने गाउँ विकास समिति बाहेकका अन्य गाउँ विकास समिति सम्झनु पर्दछ ।

१क.  Satellite Audio Broadcasting Earth Station (VSAT) उपकरन्रहरु   (Audiomono jf Stereo)   द्वारा प्रसारण गर्नको लागि प्रति च्यानल रु. ……. १,००,०००।–

२. फ्रिक्वेन्सी मोडुलेसन प्रसारण प्रणालीको स्थापना गरी कार्यक्रम प्रसारण गर्नको लागिः–
(क) २० वाटसम्मको लागि – रु. १,०००।–
(ख) २० वाटभन्दा माथि ५० वाटसम्मको लागि – रु. २,०००।–
(ग) ५० वाटभन्दा माथि १०० वाटसम्मको लागि – रु. २०,०००।–
(घ) १०० वाटभन्दा माथि २५० वाटसम्मको लागि – रु. १,५०,०००।–
(ङ) २५० वाटभन्दा माथि ५०० वाटसम्मको लागि – रु. ३,००,०००।–
(च) ५०० वाटभन्दा माथि १००० वाटसम्मको लागि– रु. ७,५०,०००।–
(छ) १००० वाटभन्दा माथि २००० वाटसम्मको लागि– रु. १०,००,०००।–
(ज) २००० वाटभन्दा माथिको लागि – रु.२०,००,०००।–

३. स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसार केन्द्र स्थापना गरी कार्यक्रम प्रसारण गर्नको लागि – रु. १०,००,०००।–


४. .....
४क. विज्ञापन समावेश नभएका निःशुल्क च्यानलको डाउनलिङ्क गरी कार्यक्रम प्रसारण गर्नको लागि प्रति च्यानल रु. १,००,०००।-
४क१. ..........
४क२.विज्ञापन समावेश नभएका सःशुल्क च्यानलको डाउनलिङ्क गरी कार्यक्रम प्रसारण गर्नको लागि प्रति च्यानल रु. ३,००,०००/-

४ख. XXXXX–

४ग. सिग्नल वितरणको लागि रु.२५,०००।–

४घ. डिजिटल कार्यक्रम वितरकको सिग्नल वितरणको लागि रु.२५,००,०००/-

५. अन्य संचार माध्यम अन्तर्गत निम्न प्रणालीद्वारा कार्यक्रम प्रसारण गर्नको लागि

१. मल्टिच्यानल मल्टिप्वाइन्ट डिष्ट्रिब्यूशन सिष्टम (एम.एम.डि.एस) बाट हुने प्रसारणको लागि प्रति च्यानेल रु २५,०००।–

२. भेरी हाई फ्रिक्वेन्सी (भी.एच.एफ) र अल्टा« हाई फ्रिक्वेन्सी ( यू.एच.एफ) प्रयोग गर्ने ट्रान्समिटर प्रणालीबाट गरिने सतहगत टेलिभिजन प्रसारण केन्द्र वा प्रत्येक रिले स्टेसनको लागि –

(क) ५०० वाटसम्मको लागि – रु.५,००,०००।–
(ख) ५०० वाटभन्दा माथि १००० वाटसम्मको लागि – रु.७,५०,०००।–
(ग) १००० वाटभन्दा माथि ३००० वाटसम्मको लागि – रु.१०,००,०००।–
(घ) ३००० वाटभन्दा माथि ५००० वाटसम्मको लागि – रु.१५,००,०००।–
(ङ) ५००० वाटभन्दा माथि १०००० वाटसम्मको लागि – रु.२५,००,०००।–

३. उपखण्ड (१) र (२) मा उल्लेख बाहेक अन्य प्रणालीको हकमा………….. रु. १,००,०००।–

४. इन्टरनेट प्रोटोकलमा आधारित टेलिभिजन (आइ.पि.टि.भि.) प्रणालीबाट कार्यक्रम प्रसारण गर्नको लागि प्रति च्यानेल रु २५,०००।–
५, ओ.टटि.टि. सञ्चालनको लागि - रु.१,००,००,०००-
६. भि.ओ.डि. सञ्चालनको लागि - रु. २,००,०००|

६. केबुलको माध्यमबाट टेलिभिजन प्रसारण गर्नको लागि प्रतिच्यानल दश लाख रुपैयाँ, तर हाल केबुलको माध्यमबाट नेपालभर टेलिभिजन प्रसारण गर्ने अनुमति नलिएको प्रसारकले यो नियम लागू भएको एक वर्षभित्र आफूले बुझाएको अनुमतिपत्र दस्तुरमा नपुग हुन आउने अनुमतिपत्र दस्तुर बुझाई नेपालभर प्रसारण गर्न पाउने गरी प्रसारण अनुमति अद्यावधिक गराउनु पर्नेछ ।

६क. आफैँले कार्यक्रम उत्पादन /गरी आफ्नो वितरण प्रणालीबाट टेलिभिजन- च्यानल प्रसारण गर्नको लागि - रु.१०,००,०००। -

६ख,. विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकार (फ्रेन्चाइज) को स्वीकृतिको लागि -रु.१,००,०००।--

६ग. अनलाइन टेलिभिजन (इन्टरनेट टि.भी.) को इजाजतपत्रका लागि रु.१,००,०००|-

७. डिजिटल प्रविधिमा आधारित केबुलो माध्यमबाट डिजिटल हेडइण्ड स्थापना गरी अन्य इजाजतपत्रवालालाई डिजिटल सिग्नल वितरण गर्नका लागि र आफैंले नेपालभर केबुलको माध्यमले ग्राहक समक्ष कार्यक्रम वितरण गर्नको लागि जतिसुकै च्यानल भए पनि एक करोड रुपैयाँ ।

८. भू–उपग्रहको माध्यमबाट उपभोक्ता समक्ष सोझै कार्यक्रम वितरण गर्ने प्रणालीमा आधारित भई टेलिभिजन प्रसारण गर्नको लागि,–

(क) भू–उपग्रहको माध्यमबाट उपभोक्ता समक्ष सोझै कार्यक्रम वितरण गर्ने प्रणालीमा आधारित कार्यक्रम वितरण गर्ने
इजाजतपत्र प्राप्त संस्था तथा व्यक्ति आफैले टेलिभिजन प्रसारण गर्ने भएमा प्रति च्यानल – रु. ३०,००,०००।–

(ख) स्याटेलाइटको माध्यमबाट टेलिभिजन प्रसारण गर्ने गरी अनुमतिपत्र प्राप्त संस्था वा व्यक्तिले भू–उपग्रहको माध्यमबाट उपभोक्ता समक्ष सोझै कार्यक्रमम वितरण गर्ने प्रणाली मार्फत टेलिभिजन प्रसारण गर्ने भएम प्रति च्यानल – रु. १०,००,०००।–

द्रष्टव्य ः– (१) प्रसारण केन्द्रमा रहने स्ट्याण्ड वाई ट्रान्समिटरको दस्तुर लाग्ने छैन ।

(२) स्थानीय वितरण प्रणाली स्थापना गरी खण्ड (१) बमोजिम एनालग प्रणाली संचालन गर्न दस्तुर तिरेको केबुल संचालकहरुले डिजिटल प्रणालीमा जान खण्ड (७) को दस्तुर बुझाउनु पर्ने छैन ।

(३) एनालग प्रविधिमा आधारित सिग्नल वितरण गरेका व्यक्ति वा संगठित संस्थाले उपनियम (१) को खण्ड (क) बमोजिमको इजाजतपत्र प्राप्त व्यक्ति वा संगठित संस्थाबाट सिग्नल प्राप्त गरी केबुलको माध्यमबाट प्रसारण गर्न खण्ड (७) को दस्तुर बुझाउनु पर्ने छैन ।